वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व एकादशी - ११
नेपालको संविधानले परिकल्पना गरे अनुसारको संघीय संरचनाको कार्यान्वयनको सन्दर्भमा नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी भएको व्यवस्था बमोजिम मिति २०७४/११/०३ मा विभिन्न ७ वटा मन्त्रालयसहित कोशी प्रदेश (साविकको प्रदेश नं. १) को मन्त्रिपरिषद्को गठन भएकोमा मिति २०७८/१०/२३ मा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको स्थापना भएको हो । मिति २०७९/११/१७ मा प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार यस मन्त्रालयको नाम परिवर्तन गरी पुन: भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश सरकारको एक प्रमुख मन्त्रालयको रुपमा रहेको छ । यस मन्त्रालय स्थापनाको उद्देश्य प्रदेशमा आवश्यक भौतिक पूर्वाधारहरूको विकास र निर्माण गर्न मद्दत पुर्याउनु हो।यस मन्त्रालय अन्तर्गत २ (दुई) वटा प्रमुख पुर्वाधारका क्षेत्रहरु पर्दछन्:
यस मन्त्रालयको मुख्य भूमिकामा सडक, सडक पुल, झोलुङ्गे पुल, भवन तथा शहरी विकास लगायतका भौतिक पूर्वाधारहरुको विकास सम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्ने र यसको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन जस्ता कार्य गर्नु रहेको छ ।
यस मन्त्रालयले कोशी प्रदेशमा दिगो विकासका लागि भौतिक पूर्वाधारहरूको तोकिएको बजेट, समय र गुणस्तरीय निर्माण कार्यमा ध्यान दिएको छ । यसले गर्दा समग्र प्रदेशको आर्थिक र सामाजिक विकासमा योगदान पुगेको छ ।
यस मन्त्रालय अन्तर्गतका निकायहरु र सोको कार्यक्षेत्रः
क्र.सं. |
निकाय |
कार्यक्षेत्र |
१ |
पूर्वाधार विकास निर्देशनालय, सुनसरी, इटहरी |
कोशी प्रदेश |
२ |
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्यन इकाई, विराटनगर |
कोशी प्रदेश |
३ |
पूर्वाधार विकास कार्यालय, मोरङ |
मोरङ |
४ | पूर्वाधार विकास कार्यालय, सुनसरी | सुनसरी |
५ |
पूर्वाधार विकास कार्यालय, झापा |
झापा |
६ | पूर्वाधार विकास कार्यालय, इलाम | इलाम |
७ |
पूर्वाधार विकास कार्यालय, उदयपुर |
उदयपुर |
८ | पूर्वाधार विकास कार्यालय, खोटाङ | खोटाङ |
९ |
पूर्वाधार विकास कार्यालय, ओखलढुंगा |
ओखलढुंगा |
१० | पूर्वाधर विकास कार्यालय, सोलुखुम्बु | सोलुखुम्बु |
११ |
पूर्वाधार विकास कार्यालय, भोजपुर |
भोजपुर |
१२ | पूर्वाधार विकास कार्यालय, संखुवासभा | संखुवासभा |
१३ |
पूर्वाधार विकास कार्यालय, तेह्रथुम |
तेह्रथुम |
१४ | पूर्वाधार विकास कार्यालय, धनकुटा | धनकुटा |
१५ |
पूर्वाधार विकास कार्यालय, पाँचथर |
पाँचथर |
१६ |
पूर्वाधार विकास कार्यालय, ताप्लेजुङ |
ताप्लेजुङ |